पौष २७, काठमाण्डौ । प्रदेश नम्बर ३ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले माटो परीक्षण गरेर मात्र खेतबारीमा बाली लगाउन किसानलाई सुझाव दिएका छन् । माटो परीक्षण गरी कस्तो माटोमा कुन बाली राम्रो र बढी उत्पादनमूलक हुन्छ, सोहीअनुरूपको खेती प्रणाली अपनाउन किसानलाई माटोविज्ञ गणेश शाहले आग्रह गरेका छन् ।
प्रदेश–३ सरकारले आगामी वर्षमा ११९ औटै स्थानीय तहमा माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने बताएको छ । चालू वर्षमा मकवानपुरगढीसहित चितवनको खैरहनी नगरपालिका, नुवाकोटको विदुर नगरपालिका, काभ्रेको पाँचखाल नगरपालिका र धादिङको सिद्धलेक गाउँपालिकामा प्रयोगशालाका स्थापना गर्ने कार्यक्रम छ ।