सेलपे सेवाको कारोवार सीमा थप

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २७, आईतबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

पौष २७, काठमाण्डौ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम अधावधिक गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ बमोजिम ग्राहक वर्गले सेलपेबाट P2P रकम स्थानान्तरण एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाख रुपैँयासम्म गर्न सक्नेछन ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ
बास्तविक समयमा भुक्तानी
 -बिना वालेट कारोबार गर्न सकिने
 -सुरक्षित
 -लोयाल्टि पोइन्टसपाइने

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2Bआदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवा गुगल प्ले स्टोर तथा एप्पल एप्प स्टोरमा उपलब्ध छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस