नागढुंगाबाट अवैध लागुऔषध चरेस सहित २ जना पक्राउ

Post Thumbnail

माघ १, काठमाण्डौ । काठमाण्डौको नागढुंगाबाट अवैध लागुऔषध चरेस सहित २ जना पक्राउ परेका छन् । १ किलो १५ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप उपकुण्ड गाउँपालिका २ बस्ने २३ वर्षीय फुर्वा शेर्पा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय जिपछिरीङ शेर्पा छन् ।

गस्तीमा खटिएको प्रहरीले बा ४९ प ९८४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथमा उक्त लागुऔषध फेला परेको हो । त्यसेगरी ललितपुर, गोदावरी नगरपालिका ९ जल्खु मोडबाट रुपन्देही बुटवल घर भई भक्तपुर लोकन्थली बस्ने २० वर्षीय विकास कँडेललगायत ५ जनालाई २ किलो ६० ग्राम अवैध लागुऔषध गाँजासहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग चुनिखेलबाट खटिएको प्रहरीले उक्त लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस