नेपालमा बनेको ट्राफिक लाइट काठमाडौंका मुख्य ६ चोकमा, बाँकीमा ट्राफिक दाइको ईसारा

Post Thumbnail

माघ १, काठमाण्डौ । काठमाडौंका मुख्य ६ वटा चोकमा ट्राफिक लाइट बलेका छन् । कालीमाटी, मित्रपार्क, गौशाला, पुरानो वानेश्वर, सिंदरबार, पद्मोदय चोकमा ट्राफिक लाइट जोडेर सञ्चालनमा ल्याइएको हो । महाराजगञ्ज र नयाँ बानेश्वर चोकमा डेढ वर्षअघि नै लाइट बलिरहेका छन् । सडक विभागमा उपमाहनिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाका अनुसार कालिमाटी र पद्मोदय चोकमा २(२ युनिट लाइट राखिएको छ । अन्य चोकमा भने एक एकवटा लाइटहरु छन् ।

महाराजगञ्ज र नयाँ बानेश्वर चोकको परीक्षण सफल भएपछि नयाँ चोकहरुमा पनि त्यसलाई विस्तार गरिएको सापकोटाले जानकारी दिए । तीनकुनेमा ३ युनिट ट्राफिक लाइट जोडिए पनि विजुली आपूर्तिको समस्याका कारण चल्न नसकेको विभागले बताएको छ । थापाथलीमा जोडिएको बत्ती मर्मत गर्नुपर्ने अवस्था छ भने कोटेश्वर चोकको ट्राफिक लाइट पनि विजुली आपूर्तिको समस्याले चलेको छैन । यी बत्तीहरु नेपाली कम्पनीले नै बनाएका हुन् । कतिपय चोकमा पुरानै बत्ती मर्मत गरेर चलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस