माघ ३, काठमाण्डौ । हिजो साँझ त्रिशुलीमा हाम्फाल्ने विनयको घरमा सुसाईट नोट पनि फेला परेको प्रहरीले जनाएको छ । विनय लामिछानेको थानकोटस्थित डेरामा सुसाइड नोट फेला परेको छ,’ एसपी रविन्द्र रेग्मीले भने, ‘हामी थानकोट प्रहरीसँग समन्वय गरिरहेका छौं ।’ एसपी रेग्मीका अनुसार सुसाइड नोटमा उनले कमोडिटी अनलाइन बिजिनेसमा घाटा भएपछि परिवारै मर्ने निर्णय गरेको उल्लेख गरेका छन् । ‘यो मलाई आएको प्रारम्भिक रिपोर्ट हो,’ उनले भने, ‘यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ।’
गजुरी इलाका प्रहरी कार्यालयका डीएसपी खगेन्द्रराज खड्काले भनि थानकोटस्थित लामिछानेको डेराबाट सुसाइड नोट फेला परेको पुष्टि गरेका छन् । अहिले वर्षा भइरहेको तथा त्रिशूली नदीको पानी धमिलो भएकाले दुई बच्चाको खोजी गर्न गाह्रो भइरहेको एसपी रेग्मीले जानकारी दिए ।