माघ ५, काठमाण्डौ । डीटीएच सेवाप्रदायक डिशहोमले नयाँ च्यानल ‘राइम्स’को प्रसारण शुरू गरेको छ । आफ्ना दर्शकलाई विभिन्न च्यानलमार्फत मनोरञ्जन दिँदै आएको डिशहोमले मनोरञ्जनका साथै बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले नयाँ च्यानल सञ्चालनमा ल्याएको बताएको छ ।
२ देखि १२ वर्षसम्मका बालबालिकाका लागि अन्तरक्रियात्मक च्यानलका रूपमा शुरू गरिएको नयाँ च्यानल राइम्सले रोमाञ्चक प्रारम्भिक शिक्षणको आधार तयार पार्ने डिशहोमको दाबी छ । डिशहोमको च्यानल नं। ८०९ मा यो च्यानल हेर्न सकिनेछ । च्यानलले बच्चाका लागि पढ्ने आधार तयार गर्नुका साथै अंग्रेजी तथा गणितजस्ता विषयको मनोवैज्ञानिक शिक्षण गर्ने डिशहोमको भनाइ छ ।