(अपडेट) दामनस्थित एभरेष्ट पानारोमा बेहोस भेटिएका आठैजनाको मृत्यु (परिचयसहित)

Post Thumbnail

माघ ७, काठमाण्डौ । मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा बेहोस भेटिएका आठैजनाको परिचय खुलेको छ । मृत्यु हुनेमा भारत केरलका ३८ वर्षीय रञ्जित कप, ३५ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय वैष्णव र ९ वर्षीय बन्द्रा रहेको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

सबैलाई हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको थियो । काठमाडौं पठाउँदासम्म सबैजना बेहोस अवस्थामै रहेको इलाका प्रहरी कार्यालय पालुङका इन्चार्ज इन्स्पेक्टर विकास तामाङले नेपाल समयलाई जानकारी दिए। उनका अनुसार उनीहरु सोमबार दिउँसो पोखराबाट दामन पुगेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस