श्री एयरलाइन्सको पोखरामा पनि उडान बिस्तार, पोखरा ९औं गन्तब्य

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ माघ ७, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौ । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले पोखरामा पनि उडान बिस्तार गर्ने जनाएको छ । सोमबारबाट कम्पनीले पोखरामा परिक्षण उडान गरेको हो । परीक्षण सफल भएको र केही दिनमै नियमित उडान थालिने कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।

यो कम्पनीको ९ औं गन्तब्य हो । श्रीले सोमबारबाटै जनकपुरमा नियमित उडान थालेको छ । कम्पनीले यसअघि भद्रपुर, राजविराज, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी र माउन्टेन फ्लाइट उडान गरिरहेको छ । जनकपुर ८ औं र पोखरा ९औं गन्तब्य बन्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस