माघ ७, धादिङ । धादिङको तिप्लीङ–९ घर भएका युरुङ तामाङको हत्यामा संलग्न भएका एक व्यक्ति पक्राउ परेका छन् । तामाङको हत्यामा संलग्न कमल झ्याप्ले भनिने धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ का २५ वर्षीय कमल विक पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार गोंगबु गणेशस्थानबाट पक्राउ गरेको हो ।
झ्याप्लेले २०७१ पुस ३० गते काठमाडौं टोखास्थित दीपज्योतीमा २५ वर्षीय तामाङको टाउकामा ढुंगा प्रहार गरेर हत्या गरेका थिए । उनलाई उच्च अदालत पाटनले २०७२ असार २२ मा १० वर्ष कैदको फैसला सुनाएको थियो । फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।