माघ ८, धादिङ । धादिङको दार्खामा एक जनाको हत्या भएको छ । धादिङको खनियाँबास गाउँपालिका स्थित दार्खाको घ्याङ्सा भन्ने स्थानमा आगो फुक्ने ढुङ्ग्रोले हानेर सन्ते भनिने सन्त तामाङको हत्या भएको हो भने घाईते रविन तामालाई उपचारको लागि काठमाडौ लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
घटनामा संलग्न भएका नेत्रावती डब्जोङ १ मार्पाकका राम तामाङ र रोशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार भलिबल प्रतियोगितामा भएको विवादले उग्र रुप लिएपछि यो घटना भएको थियो । रोशन तामाङ र राम तामाङ दाजुभाई हुन् ।
साँकेतिक फोटो फाईल