माघ ८, धादिङ । माघ ७ गते ढोला मण्डलीबाट फर्कदै गरेको आईचर ट्रक दुर्घटनामा मृत्यु भएका घाईतेहरुको उपचारको लागि नीलकण्ठ नगरपालिकाले नगद ५ लाख रुपैँया सहयोग गर्ने भएको छ । नगरकार्य समितिको बुधबार बसेको आकस्मीक बैठकले हेलिकप्टर, एम्बुलेन्स खर्च र तत्काल उपचारको लागि नगद पाँच लाख रुपैया सहयोग गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता गौतमहरी अधिकारीले बताए ।
नगरकार्यपालिकाको बैठकले शोक प्रस्ताव पारीत गर्दै बुधबार नीलकण्ठ नगरपालिका मातहत रहेको सम्पुर्ण कार्यलयहरु बन्द गर्ने र राष्ट्रिय झण्डा बुधबार आधा झुकाउने निर्णय पनि गरेको छ । बैठकले चार वटा महत्वपुर्ण नियर्णहरु पारीत गरेको छ । बैठकले दुर्घटनामा परी मृत्यु भएकाहरुहको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकर्ट गर्दै धैर्यधारण गर्ने शक्तिको लागि कामना सहित घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरीएको छ । बैठकले दुर्घटनाका घाईतेहरुको उपचार तथा मृतकका परिवारलाई उचित राहतको लागि अन्य स्थानीय तह,प्रदेश,संघ तथा विदेशमा रहनुभएका सहयोगीसमाजसेवी सँग सहयोगको लागि अनुरोध गर्ने समेत निर्णय गरेको छ । साथै बैठकले ज्वालामुखी गाउँपालिकामा अवस्थित ढोला मण्डली क्षोत्रमा मदिरा लगायत सामाजिक सद्भाव खलल पु¥याउने कुनै पनि बस्तु प्रयोग तथा उपभोग गर्न नपाउने व्यावस्था गर्नको अन्य सम्बन्धी पक्षसँग अपिल गर्ने निर्णय समेत गरेको छ ।