माघ ९, हेटौडा । मकवानपुरको दामनस्थित एभरेस्ट पानोर रिसोर्टमा अर्धचेत अवस्थामा फेला परेका आठ जना भारतीय नागरिकको अक्सिजनको अभावमा ज्यान गएको पुष्टि भएको छ । केरलाबाट घुम्न नेपाल आएका आठजना भारतीय पर्यटकको बुधबार पोष्टमार्टम रिपोर्टमा अक्सिजनको अभावमा उकुमुकुस भएर ज्यान गुमाएको पाइएको हो । उनीहरुले रिसोर्टको झ्यालढोका बन्द गरेर झण्डै ६ घण्टा ग्याँस हिटर बालेका थिए ।
मकवानपुर, थाहा ४ दामनस्थित रिसोर्टमा सोमबार राती बसेका भारतीय पर्यटकको भोलीपल्ट अर्धचेत अवस्थामा होटलका कर्मचारीले फेला पारेका थिए। मंगलबार विहान उद्धार गरि हेलिकोप्टरबाट काठमाडौं स्थित ह्याम्स अस्पतालमा ल्याउनु अघि नै मृत्यु भएको थियो ।