वायुसेवाको ६० वर्षे इतिहासमै पहिलोपटक : दुई दर्जन बढी पाइलटको सामूहिक राजीनामा

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ माघ १०, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १०, काठमाण्डौ । नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन् । व्यवस्थापनका कारण निगम धराशही भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामा बुझाएका खबर आजको नयाँ पत्रिका दैनिकमा केदार दाहालले लेखेका छन् ।

राजीनामा स्वीकृत गर्न पाइलटले तीन महिनाको म्याद दिएका छन्। स्वीकृत भए अन्तर्राष्ट्रिय उडान ठप्प हुने छ । वाइडवडीका तीन र न्यारोवडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन् । राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुने भने १० जना को पाइलट हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस