माघ १४, काठमाडौ । रसुवागढी नाका १५ दिनका लागि बन्द गरिने भएको छ ।
नेपाली तथा चिनियाँ अधिकारीहरूबीच मंगलबार बिहान रसुवागढीमा बसेको बैठकले तीन वटा कारण देखाउँदै बुधबारदेखि नाका बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुनसक्ने र ल्होसार पर्वको कारण नाका बन्द गर्न लागेको जानकारी दिएको छ ।
रसुवागढीमा मंगलबार बिहान बसेको बैठकमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारी उपस्थित थिए । बुधबारदेखि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र ९चाइना पास० लिएका रसुवाका नागरिक पनि केरुङ जान नपाउने रसुवाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।
उनका अनुसार चाइना पास भएका व्यक्ति नाका पारीसम्म मात्र जान पाउँछन् ।