माघ १४, धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-१, नलाङको कालिदह नजिकै जंगलमा दुई जना मृत फेला परेका छन् ।
मृत फेला परेकामा सिद्धलेक गाउँपालिका-१, कालिदहका ५७ वर्षीय नकुल सापकोटा र ३८ वर्षीय भीमबहादुर गुरुङको रहेका प्रहरीले जनाएको छ।
बाटो छेउको भीरमा शव फेला परेकाले दुवैजनाको भीरबाट खसेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए।
दुवै शव पोस्टमार्टमका लागि धादिङ अस्पतालमा राखिएको छ ।
वडा कार्यालय जान भनेर आइतबार घरबाट निस्किएका दुवै जंगलको बाटोमा ३० फिट माथिबाट खसेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको र थप अनुसन्धान भइरहेरुको प्रहरीले जानकारी दिएको छ ।
मृतकहरुको साथबाट स्थानीय सहकारीको शेयर सदस्य परिचय पत्र र २० हजार रुपैयाँ पनि फेला परेको छ ।