पूर्व मिस नेपाल श्रृंखलाले अर्को वर्ष विवाह गर्दै

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ माघ १७, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १७, काठमाण्डौ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी खतिवडाले आफ्नो सम्बन्ध यसअघि लुकाउँदै आएकी थिईन् । तर, मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप रहन सकेन् ।

पछिल्लो समय यी दुईको प्रेम झाँग्गिएको छ । पारिवारिक सूत्रले दिएको जानकारीअनुसार उनीहरुको विवाह अर्को वर्ष अर्थात २०७७ मा हुने भएको छ । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् । यो जोडीको प्रेम सम्बन्धको चर्चा भने श्रृंखला मिस वल्र्डको लागि चीन जानुभन्दा अघि मकवानपुरमा तयार पारेको एक डकुमेन्ट्रीका कारण भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस