माघ १७, ललितपुर । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म (स्काफ)को निर्वाचन सम्पन्न भएको छ ।
शुक्रबार कुपण्डोल स्थीत होटल हिमालयमा भएको भेलाले ई.टुकलाल अधिकारी को अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष ई. अधिकारी यस अघिको कार्य समितिमा उपाध्यक्ष रहेका थिए ।
त्यस्तै समितिको उपाध्यक्षमा ई.कृष्ण सापकोटा, महासचिवमा ई. प्रकाश अधिकारी, सचिवमा ई. ठाकुर प्रसाद शर्मा, कोषाध्यक्षमा ई.गोबिन्द देव अधिकारी सहित छ जना सदस्य निर्वाचित भएका छन् ।
सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म (स्काफ)मा इन्जिनियरिङ परामर्शको क्षेत्रमा काम गर्ने करिब दुई सयको संख्यामा सदस्य फर्महरु रहेका छन् । सदस्यहरुमा ई.गोबिन्द मान ताम्राकार ई.किट्च चित्रकार
ई.श्रवण कुमार थापा ई. उमेश चौधरी ई.नारायण हरी रिजाल ई.पदम ओली निर्बाचित भएका छन ।