काठमाण्डौमा शनिबार यी ठाउँमा ९ घण्टा बत्ती जाने

Post Thumbnail

माघ १८, काठमाण्डौ । आज शनिबार काठमाण्डौका विभिन्न ठाउँमा ९ घण्टा बत्ती जाने बताईएको छ । चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएकोले महाराजग‌ञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन जोडिएका ठाउँमा बत्ती जाने भएको हो ।

बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म बत्ती शट डाउन हुने लिमिटेडले जनाएको छ । यस फिडर अन्तर्गत बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गो‌ंँगबु चोक, टोखा रोड हुँदै ग्राण्डी अस्पताल लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको छ ।

काम निर्धारित समय अवागै सकिएको खण्डमा भने ४ बजेभन्दा अगाडि नै बत्ती आउनसक्ने लिमिटेडले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस