चिनियाँ दूतावास भन्छ-“चीनमा रहेका नेपालीको स्वास्थ्यको ग्यारेन्टी गर्छौं, ढुक्क हुनुस्”

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १८, शनिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । चिनियाँ दूतावासले कोरोना भाइरसबाट नआत्तिन आग्रह गर्दै चीनमा रहेका नेपाली नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गर्ने नेपाललाई बताएको छ । ‘केही विद्यार्थीसहित नेपाली नागरिकहरु अहिले पनि वुहानमा रहेको कुरा अवगत छ र उनीहरुको जीवन र मेडिकल केयरको ग्यारेन्टी गरिएको छ’, काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार बिहान विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उनीहरुको जायज अधिकार र इच्छाको रक्षा गर्न चीनले सदैव सक्रियतासाथ पहलकदमी गरिरहनेछ, कृपया ढुक्क हुनुहोस् ।’

यससम्बन्धी कुनै आवश्यकता परेमा नेपाली पक्षले समयमै नेपालस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग सम्पर्क र संवादमा रहन सक्ने दूतावासले जनाएको छ । कोरोना भाइरस फैलिएको चीनको वुहानमा रहेका नेपालीले अन्य देशलेजस्तै नेपाल सरकारले आफ्ना नागरिकको उद्धार गर्नु पर्ने आवाज उठाइरहेका बेला दूतावासले भने स्वास्थ्य उपचारको सुनिश्चितता गरेको हो । वुहान र चीनका अन्य शहरमा रहेका केही नेपालीले उद्धार गरी आफुहरूलाई नेपाल फर्काउन माग गर्दै आएका छन् । चिनियाँ दूतावासले विज्ञप्तीमा कोरोना भाइरसको महामारी फैलिनबाट रोक्न नेपालस्थित डब्लूएचओलाई नेपाली पक्षबाट भएको सहयोगका लागि प्रशंसा पनि गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस