चीनमा रहेका विद्यार्थीको उद्दारका लागि दुई वटा विमान सरकारले पठाउने

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ माघ १८, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । चीनमा रहेका विद्यार्थीको उद्दारका लागि सरकारले विमान पठाउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको उद्दारका लागि विमान तयारी अवस्थामा राखेको जानकारी दिए ।

दुई वटा विमान पठाउने सरकारको तयारी रहेको छ । कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा आज पर्यटन बोर्डमा भएको छलफलमा मन्त्री भट्टराईले विद्यार्थी उद्दारका लागि विमान छिट्टै पठाइने बताए । चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १ सय ९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस