धादिङ गल्छिबाट एक सय ट्रिपर बालुवा बोकेर गौतमबुद्ध क्रिकेट रंगशालातिर सरर…

Post Thumbnail

माघ १८, काठमाण्डौ । धुर्मुस सुन्तली फाउण्डेसनद्धारा चितवनको रामपुरमा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि धादिङको गल्छी गाँउपालिकाले बालुवा सहयोग गरेको छ । सहयोग स्वरुप एक सय ट्रिपर बालुवा धादिङबाट राष्ट्रिय झण्डा र ब्यानरसहित बालुवा लिइ सय वटा टिपर चितवन पुगेको नेपाल ट्रक तथा ट्रिपर ब्यबसायि सँघले जनाएको छ । राष्ट्रिय गौरवको आयोजना भएकोले सबैले सहयोग गर्नुपर्ने भन्दै एक सय टिपर बालुवा गल्छि गाउँपालिकाले सहयोग गरेको हो ।

यस अघिनै बालुवा सहयोग गर्ने प्रतिबद्धता गरिसकेको गाउँपालिकाले शनिबार बिहान धादिङबाट बालुवा लिएर चितवन पुगेको हो । रंगशाला निमार्णको लागि गाँउपालिकामा उत्खनित बालुवा सहयोग गरेको अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । बालुवा पुर्‍याउनका लागि जनप्रतिनिधि, टिपर व्यवसायी लगायतको टोली चितवन पुगेको छ ।

यो पनि हेर्नुहोस् :

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई गल्छि गाउँपालिकाको सय ट्रिपर बालुवा सहयोग

गाँउपालिकाले सहयोग गरेको बालुवा नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले निुशल्क ढुवानी गरेको हो । त्यस्तै सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको छ । राष्ट्रिय झण्डासहित ब्यानर हालेर ल्याइएको उक्त टिपरलाई धादिङको सिमानासँग जाडिएको इच्द्धाकामना गाँउपालिकाकी अध्यक्ष गिता गुरुङ तथा भरतपुर महानगरपालिकाले आँपटारीमा स्वागत गरेको थियो । सबैको सहयोग र समन्वयबाट निमार्णले गति लिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । उनले राजमार्ग देखि हरेक क्षेत्रमा ढुवानीलाई सहज बनाउन अपिल समेत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस