माघ २०, धादिङ । सिस्नेखोलामा मातातिर्थ नौबिसे ३३ केभि प्रसारण लाईनका पोलहरु सार्ने कार्य हुने भएकाले मँगलबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म नौबिसे सवस्टेसनबाट बितरण हुने धार्के प्रशाखा क्षेत्रभित्रका बिद्युत् सेवा पूर्ण रुपमा बन्द रहने बिद्युत् प्राधिकरण धार्के शाखाले जानकारी दिएको छ ।
यदि कारणबस छिटो काम सकिए बिद्य्त पनि छिटो छोडिने भएकाले सबैका जानकारी गराएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माणको लागी हटाईएका पोलहरुमा तार हाल्ने काम हुनेभएकोले बिद्यु्त सेवा ठप्प हुने प्राधिकरणले जनाएको छ ।