सिन्धुपाल्चोकको जुगलमा कोरोनाजस्तै लक्षणका बिरामीको संख्या २०१ पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २९, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २९, जुगल । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने गुम्बा गाउँमा फैलिएको रुघाखोकी, ज्वरो आएर बिरामी हुनेको संख्या २ सय नाघेको छ । जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बुधबार बिहान दिएको जानकारीअनुसार गाउँपालिका वडा नम्बर ३ स्थित गुम्बा गाउँमा रुघाखोकी, ज्वरोले ग्रस्त हुनेको संख्या २ सय १ पुगेको हो ।

लक्षण अहिले विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो देखिएपछि अहिले त्यस क्षेत्रमा त्रास फैलिएको छ । कोरोना भाइरसकै संक्रमण भनेर ठोकुवा गरिहाल्ने स्थिति नभए पनि त्यसकै लक्षणसँग मिल्दोजुल्लो भएर व्यापक मात्रमा संक्रमण फैलिएको देख्दा भने शंका गर्ने अवस्था रहेको अध्यक्ष श्रेष्ठले बताए ।

फोटो : जुगल गाउँपालिकाका अध्यक्ष हाेमनारायण श्रेष्ठ

ताजा अपडेट

खोजी गर्नुहोस