आज विश्व रेडियो दिवस

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन १, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण १, काठमाण्डौ । आज विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा साँस्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

त्यसयता हरेक रेडियो दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र सामुदायिक रेडियोलाई सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९९ वर्ष भन्दा बढी भएको छ भने नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६९ वर्ष पुगेको छ । भोजपुरमा २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले इजाजत प्राप्त एफएम रेडियोको संख्या ९ सय ६२ भन्दा बढी पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस