फाल्गुण १, काठमाण्डौ । आजबाट दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु गरिँदैछ । सरकारले दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान कार्यक्रम दुई चरणमा गर्ने यसअघि नै जानकारी दिइसकेको छ ।
सरकारले पहिलो चरणमा फागुन एक गते देखि ३० गतेसम्म एक महिना र दोस्रो चरणमा चैत एक गतेदेखि ३० गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको परिवार कल्याण महाशाखाले जानकारी दिएको हो ।
महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर झलक गौतमका अनुसार पहिलो चरणमा फागुन महिनाभर प्रदेश १,२ र ५ का ३४ जिल्लामा र दोस्रो चरणमा प्रदेश ३, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लामा चैत महिनाभर दादुरा रुबेला खोप अभियान सञ्चालन हुनेछ । यस्तै तराईका १९ जिल्लाहरुमा जन्मेदेखि ५ वर्ष मुलिका बालबालिकालाई पोलियो थोपा समेत खुवाइने उनको भनाइ छ ।