फाल्गुण ३, काठमाण्डौ । कोरोना भाइरस कोभिड १९ को प्रकोप रहेको चीनको बुहानबाट आज शनिबार १८० जना नेपालीहरुलाई नेपाल ल्याउन नेपालबाट १७ जनाको टोली चीन जाँदैछ । भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुलाई सरकारले उद्दार गरी नेपाल ल्याउन लागेको हो । नेपालमा ल्याए पनि उनीहरुले तत्काल आफन्त तथा साथीभाइरहरुसंग भेट्न पाउने छैनन । उनीहरुलाई सरकारले छुटै क्वारेनटाइनको व्यवस्था गरेर राख्ने छ । त्यसको लागि भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणमा राखिनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले चीनबाट नेपाल ल्याउन लागेका नेपालीहरु बस्ने क्वारेनटाइनको व्यवस्थापन गरीसकेको जानकारी दिए । उनले उनीहरु बस्ने ठाउँको व्यवस्थापनदेखि लिएर त्यहाँ रहदा उनीहरुले ध्यान दिनुपर्ने आचारसंहिताको विषयको टुंगो लागेको बताए । चीनबाट आउने नेपालीहरुलाई नेपाल आउँदा एयरलाइन्समा पालना गर्नुपर्ने नियम र क्वारेनटाइनमा बस्दा अपनाउनुपर्ने विषयमा पनि मन्त्रालयले जानकारी गराउनेछ,दाहालले भन्नुभयो,ती विषय सामान्य विषय हुन ।
यात्रुहरुले सर्जिकल मास्क लगाउनुपर्ने, शंकास्पद लक्षण देखा परेको छ भने उक्त यात्रु र निजको सम्पर्कमा आएका ब्यक्तिहरूले एन ९५ मास्कको प्रयोग गर्नुपर्नेछ, शौचालय जानु पर्दा आफ्नो सिटबाट उठ्नु भन्दा पहिला शौचालयमा अन्य कोहि ब्यक्ति छैन भन्ने यकिन गर्नुपर्ने, शंकास्पद बिरामी यात्रुहरुको लागि छुट्टै शौचालय व्यवस्था गरिएको छ । यदि कुनै शंकास्पद लक्षण देखिएको भएमा तोकिएको शौचालय मात्र प्रयोग गर्नुपर्ने जस्ता जानकारी यात्राको क्रममा दिइनेछ ।
यस्तै आफ्नो स्वमुल्याङ्कंन फारम जहाजबाट झर्नु भन्दा आधा घण्टा अघि मात्र भर्नुपर्ने, आवस्यकता अनुसार जहाज दलका सदस्य तथा स्वास्थ्य टोलिका सदस्यले तपाईहरुको नियमितरुपमा अनुगमन तथा निरीक्षण गर्ने , काठमाडौ बिमानस्थालमा जहाजबाट उत्रनु भन्दा पहिला दिसा तथा पिसाब गरेर निस्कने, अन्य यात्रुहरूसँग कुराकानी गर्दा होशियारी अपनाउनुपर्ने जस्ता सामान्य विषयमा यात्रुहरुलाई जानकारी दिइनेछ ।