चीनको वुहानबाट नेपालीलाई ल्याउन उड्यो विमान, आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन ३, शनिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३, काठमाण्डौ । चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ गएको छ ।

आज उडेको विमान भोली आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ । हिजो शुक्रबार क्वारेन्टाइनमा राख्न तयार गर्नुअघि सरकारले रिहर्सल गरेको थियो । रिहर्सलपछि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो ।

भक्तपुर खरीपाटीस्थित तालिम केन्द्रमा तयार पारिएका चार वटा ब्लकमा पुरुष र महिलालाई छुट्टाछुट्टै राखिनेछ । वुहानबाट आउन तयार रहेका १८५ नेपालीमध्ये ४४ महिला छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस