चीनबाट फर्किएका नेपालीलाई कोरोना होला कि नहोला ?

Post Thumbnail

फाल्गुण ६, काठमाण्डौ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ डा। रञ्जित शाह नेतृत्वको टोलीले सोमबार सबैको घाँटी र नाकको स्वाब संकलन गर्‍यो । १७५ जनाको थ्रोट स्वाब संकलन गर्न ४ घण्टा लागेको डा। शाहले बताए । ‘खाना खाएर थ्रोट स्वाब संकलन गर्दा वाकवाकी लाग्न सक्ने जानकारी गरायौं । सबै थ्रोट स्वाब संकलनपछि मात्र खानुभयो,’ उनले भने। स्वाब संकलनपछि स्वास्थ्यकर्मीले शरीरमा इथानोलयुक्त ‘स्प्रे’ छर्के ।

डा।शाहले भने, ‘देश र पेसाप्रतिको कर्तव्य पूरा गर्नु जोखिम नै थियो। सबै काम सकेर फर्किंदा खुसी लाग्यो ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार संकलित र्याल परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ ।

दाहालले भने, ‘सबै सकुशल हुनुहुन्छ । कोभिड १९ भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन ।’ चीनमा कोभिड १९ भाइरस संक्रमणसंक्रमणपछि त्यहाँबाट उद्धार गरी ल्याइएका नागरिकलाई भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा दिनेश गौतमले लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस