पत्रकार पौडेलको जीवन बचाऔंं

Post Thumbnail

फाल्गुण ६, काठमाण्डौ । क्रियाशील पत्रकार कमल पौडेललाई ब्लड क्यान्सर भएको निजामती अस्पताल बानेश्वरले जनाएको छ । सोमबारदेखि किमो दिएर उनको उपचार शुरू गरिएको छ । एक दशकअघि नेपाल समाचारपत्रमा समेत आबद्ध पौडेल हाल पत्रकारिता गर्नुका साथै आमसञ्चार विषयमा अध्यापनरत छन् ।

बोनम्यारोसम्म बदलेर गरिने उनको उपचारका लागि ३० लाखभन्दा बढी खर्च गर्नुपर्ने अस्पतालले जनाएको छ । उपचारका लागि आर्थिक संकलन गर्न नेपालमा आफन्तजन, शुभचिन्तक र पत्रकारहरू जुटेका छन् भने अमेरिकाको लुईभिल कन्टकीमा बसोबास गर्दै आएका समाचारपत्रका सहकर्मी किशोर सापकोटाको नेतृत्वमा गोफण्ड खाता खोलेर सहयोग जुटाउने काम शुरू भएको छ ।

सापकोटाको नेतृत्वमा खोलिएको खातामा दुई दिनमा २ हजार अमेरिकी डलर संकलन भइसकेको उहाँले जानकारी दिए । ४५ वर्ष उमेरका पौडेलका श्रीमती, दुई छोरा, एक छोरी र आफन्तजन बिरामीको सेवा र सहयोग जुटाउने कार्यमा दिनरात सक्रिय छन् ।

सहयोग गर्न चाहनेहरूका लागि बिरामीका दाजु डा नेत्रप्रसाद पौडेलले एनआईसी एसिया बैंकको उनकै नाममा रहेको ३९८७९७९१८८०५२४०१ खाता नम्बर उपलब्ध गराएका छन् । हाल बिरामी वानेश्वरस्थित सिभिल अस्पतालको बेड नं। २३८ मा क्यान्सरलाई जित्ने आत्मबलका साथ उपचाररत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस