गाउँलेका ‘चिकित्सक’ बन्दै विद्यालय नर्स

Post Thumbnail

फाल्गुण १०, हेटौँडा । वाग्मती प्रदेशका सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नर्सले विद्यार्थीलाई जंक फुड खान रोक लगाएका छन् भने सरसफाइ र स्वास्थ्य चेतनाका विषयमा जानकारी गराउँदा विद्यार्थीको जीवनशैलीमा परिवर्तन देखिएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका–३ स्थित कालिका माविमा विद्यार्थीले अहिले घरबाटै चिउरा, चना, रोटी ल्याउने गरेका छन् । उक्त विद्यालयकी नर्स विन्दा तितुङले विद्यार्थीलाई जंकफुड खान रोक लगाएकी छन्  । उनले स्कुलको सरसफाइबारे समेत शिक्षक र विद्यार्थीलाई परामर्श दिने गरेकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस