फाल्गुण ११, काठमाण्डौ । दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर काठमाडौँमा तीन दिने अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी आयोजना हुने भएको छ । आइतबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पत्रकार सम्मेलन गर्दै आगामी जेष्ठ १३, १४ र १५ गते गोष्ठी हुन लागेको जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पर्वत गुरुङले गोष्ठीमा विभिन्न २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधी, नीति निर्माता लगायतको सहभागिता रहने बताए ।