ज्योति मगर नाच्दा महेन्द्रनगर महोत्सवमा तनाव, ५ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन १३, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण १३, काठमाण्डौ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ बाट ५ जना पक्राउ परेका छन् । कलाकार ज्योति मगर स्टेजमा नाचिरहँदा उत्तेजित युवाहरुको समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि मेलामा झडपको स्थिती आएको थियो ।

सोमवार चर्चित गायिका ज्योति मगर, गायक सुरेश चोखाल, बेली डान्सर बिनु शाक्यको प्रस्तुति रहेको थियो । ज्योति मगरको प्रस्तुतिका बेला होहल्लाका साथै उच्छृंखल गतिविधि भएको हो । उत्तेजित भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको छ । त्यसक्रममा केही युवा घाइते भएका छन् । झडपमा तीन प्रहरीसमेत घाइते भएका प्रहरीले जनाएको छ ।

महोत्सवमा उच्छृंखल गतिविधि गर्ने ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए । झडप पछि महोत्सवको माहोल अशान्त बनेको थियो। त्यस बेला महोत्सव केही समयका लागि अवरुद्ध भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस