एनसेलको नयाँ अफर : ‘ह्याप्पी आवर अन रिचार्ज’

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ फागुन १५, बिहिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

फाल्गुण १५, काठमाण्डौ । एनसेलले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पीआवर अन रिचार्ज’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले १०० रुपैयाँ र त्योभन्दा माथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट पाउनेछन् ।
यो अफर बिहीबार (फागुन १५) देखि लागू हुनेछ । यस अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ९९ पैसा प्रतिमिनेट (कर सहित रु १।२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् ।

भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागू हुने कम्पनीले जनाएको छ । यो अफरका लागि *17106#  डायल गरी सहभागी हुन सकिनेछ ।

अफरपछि रिचार्ज रकमकाआधारमा भ्वाइस सेवामा विभिन्न समयसीमा रहेका छुट लिन सकिनेछ । ग्राहकहरुले १०० रुपैयाँ रिचार्ज गर्दा ९९ पैसा प्रतिमिनेट छुटको ७ दिनका लागि पाउनेछन् । २००, ३०० र ५०० रुपैयाँ रिचार्ज गर्नेले क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् । १ हजार रुपैयाँ रिचार्ज गर्नेले ६० दिनका लागि छुट पाउनेछन् ।

यो अफर ९० दिन सम्म सञ्चालनमा रहनेछ ।आफुले लिएको अफरको समयसीमा थाहा पाउन ग्राहकले *17106*1#  डायल गर्नुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस