सहमतिपछि सप्तकोशी नदीमा पुन : जेटबोट सञ्चालन

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन १६, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण १६, काठमाण्डौ । स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) सञ्चालनमा आएको छ । स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो ।

सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीका अनुसार नयाँ सहमतिअनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकाको सङ्खुवासम्मको भाडा रु ३०० बाट २५०, चतराबाट शहीदभूमि गाउँपालिकाको त्रिवेणीसम्मको भाडा रु ३५० बाट रु ३०० कायम गरिएको छ भने चतराबाट हुतवागढी–९ हसनपुरको सिम्ले÷हलेदे नदी किनार आसपासका स्थानीयको भाडा रु ४०० र अन्य क्षेत्रबाट आउने यात्रुको भाडा रु ५००० पहिलाकै यथावत राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस