काठमाडौंमा होली नमनाउन सर्वसाधारणलाई आह्वान

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन २२, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्ग्गुण २२, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई आह्वान गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको रिपोर्ट सार्वजनिक गरेको २ दिनपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सो आह्वान गरेको हो ।

जिल्ला प्रशासनले होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले सो निर्णय गरेको जनाइएको छ । बैठकले काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन, त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस