फाल्गुण २३, जनकपुरधाम । प्रदेश २ सरकारको मन्त्रिपरिषद बैठकले वीरगन्ज चिनी मिलको जग्गा बिक्री गर्ने संघीय सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नेसहितका विभिन्न निर्णय गरेको छ ।
मधेस भवनमा शुक्रबार बसेको बैठकले चिनी मिलको जग्गा बिक्री रोक्न संघीय सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।