परिवारसँग मिलेर होली खेल्न पाइन्छ, भीडभाड गर्न अरुलाई पानी छ्याप्न मात्र पाइन्न !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन २६, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण २६, काठमाण्डौ । ‘परिवारसँग मिलेर होली खेल्न पाइन्छ तर भीडभा गर्ने होहल्ला गर्ने अरुलाई पानी छ्याप्दै हिड्न पाईंदैन’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने । आम मानिसमा होली खेल्न रोक लगाएको हो कि भन्ने भ्रम परेको सन्दर्भमा प्रमुख जिल्ला अधिकारीले सो कुरा स्पष्ट पारे ।

उनले एकै पटक धेरै ठूलो समूहमा हिड्नु भएन, कन्सर्ट नगर्न र पानी अरुलाई नछ्याप्न अनुरोध गरे । उनले सभ्य भएर होली खेल्न पाउने समेत बताए । हामीले होली मनाउन नपाउने भनेका छैनौं, चिसो र पानीमा कोरोना भाइरस सक्रिय हुने भएकाले जोगिनुपर्छ भनेर अनुरोध गरेका छौं ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालयको निर्देशन अनुसार होली सभ्य तरिकाले मनाउन प्रहरी परिचालन हुने बताए । यो पटकको होली खेल्दा कोरोनाको उच्च जोखिम हुने भएकाले समूहमा होली नखेल्न र पानीमा नभिज्न एसएसपी थापाले सबैमा अनुरोध गरे ।

गृह मन्त्रालयले कोरोना भाइरसको जोखिमलाई ख्याल गर्दै होली मनाउन अनुरोध गरिसकेको छ । गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै होलीमा विगतमा जस्तै भीडभाड, भेला, जम्मा हुने, लोला पानी फ्याक्ने, शरीरमा रंग, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्न अनुरोध गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस