कोरोना प्रभाव : सातै प्रदेशमा आईसीयू र आइसोलेसनको पूर्वाधार बनाउँदै सरकार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ३०, शुक्रबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३०, काठमाण्डौ । कोरोना संक्रमितको उपचारका लागि सरकारले सातवटै प्रदशमा आईसीयू र आईसोलेसनको विशेष पूर्वाधार बनाउने भएको छ । उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित उच्च स्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि प्रत्येक प्रदेशका कम्तीमा १,१ वटा रहने गरी आईसीयू र आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार निर्माण गर्ने निर्णय गरिएको हो ।

यसका लागि विस्तृत प्रस्ताव तयार पार्न समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयले तयार पारेको प्रस्ताव समितिको अर्को बैठकमा पेस हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस