कोरोना संक्रमणको शंका लागे १११५ मा फोन गर्नुहोस् !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ३०, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३०, काठमाडौं । के तपाईलाई रुघाखोकी र ज्वरोसँगै छाती दुखेको छ । यदि तपाईलाई त्यस्तो अवस्था देखिन थाल्यो भने कोरोना भाइरसको संक्रमण भएको पनि हुनसक्छ । कोरोना कोभिड–१९ भाइरसको संक्रमणको शंका लगेमा तपाईले अब तुरुन्त १११५ नम्बरमा फोन गर्न सक्नुहुन्छ ।

१११५ मा टेलिफोन गरेपछि तपाईले परामर्श समेत लिन सक्नुहुन्छ । त्यस्तै, टोल फ्रि नम्बर १६६००१९७००० समेत फोन गरेर यो  क्रमणबारे परार्मश लिन सकिन्छ । शुक्रबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गन इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले परामर्शका लागि टेलिफोन नम्बरको व्यवस्था गरेको हो । कोरोना कोभिड–१९ भाइरस संक्रमणबारे जानकारी दिनका लागि शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले जनाएको छ ।

कल सेन्टरमा ११ जना कर्मचारीलाई तालिम दिएको समेत दिएको महाशाखाले जनाएको छ । कोरोना महामारी फैलिएको खण्डमा त्यसको भाइरस संक्रमणबाट कसरी जोगिने, कुन–कुन अस्पताल जाने आदि विषयमा त्यहाँबाट परार्मश पाइनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस