यी ५ कुराहरु जीवनमा कहिल्यै नगरौँ

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

काठमाडौं । अन्जानमै सहि तर हामी केहि कुराहरु गर्दछौँ, जो हाम्रो आफ्नो व्यक्तित्व विकासका लागि ठीक हुँदैनन् । ति कुराहरुको लिस्ट बनाउने हो भने धेरै हुन सक्दछ।

तर तपाईको साथमा मात्र पाँच कुराहरुको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ । यी कुराहरु हामीले आफ्नो जीवनमा पूर्ण रुपमा लागू गरियो भने अवश्य नै हाम्रो जीवन सफल बन्दछ ।

१ दोश्रो व्यक्तिको नराम्रोमा रमाइलो नमान्नुहोस्

यो कुरा त हामी सानैदेखि सुनि नै रहेका छौँ, कि एकले अर्कोको दुखमा रमाइलो मानेर बस्नु हुँदैन। यदि कोहि पनि व्यक्ति कसैको नराम्रो गर्दै छ भने त्यसको वास्ता गर्नु हुँदैन र त्यसमा रमाइलो पनि मान्नु हुँदैन ।

यदि तपाईले त्यसमा इन्ट्रेस्ट राख्नु भयो भने तपाई पनि त्यसमा नेगेटिभलाई आफ्नो तिर तान्नु हुन्छ । त्यसैले तपाई यस्ता मानिसहरुबाट टाढै रहनुहोस् । यदि आवश्यक नै छ भने पनि चुप लागेर बस्नुहोस् जसको कारण अर्को व्यक्ति स्वयं शान्त हुन्छ ।

२ आफूलाई अर्कोसँग तुलना नगर्नुहोस्

यसलाई मानिसको डिफेक्ट भन्दा पनि फरक पर्दैन । सत्य यो पनि हो कि,अत्याधिक दुखको कारण हाम्रो आफ्नो दुख नभएर अरुको खुसी हुने गर्दछ । तर तपाई त्यो भन्दा माथि उठेर हिँड्नुहोस् ।

किनभने कोहि पनि व्यक्तिको वास्तविक कुरा मात्र उसलाई नै थाहा हुन्छ । हामी बाहिरी स्वरुप अर्थात नक्कली स्वरुपलाई मात्र हेरेर अरुसँग आफ्नो तुलना गर्दछौँ ।

त्यसैले हामीलाई लाग्छ हामी भन्दा अर्को धेरै खुसी छ । त्यसैले कहिल्यै आफ्नो कम्पायर अरुसँग नगरौँ ।

३ कुनै पनि कामको लागि दोश्रोको डिपेन्ड नबनौँ

हामी कुनै जरुरी काम यसकारण पनि पूरा गर्न सक्दनौँ कि, हामी कोहिको डिपेन्डमा पर्दछौँ ।
त्यसैले कोहि पनि व्यक्ति विशेषमा डिपेन्ड नहुनुहोस् । तपाईले आफ्नो काम समयसीमा भित्र गरिसक्छु भनेर अठौट गर्नुहोस् । र मात्र तपाईमा आत्मविश्वास बढ्दछ र तपाई आफैमा आत्मनिर्भर बन्न सक्नुहुनेछ ।

४ बितिसकेका कुरामा पटक पटक अफसोस नगर्नुहोस्

यदि तपाईहरुको जीवनमा भूतकालका केहि घटनाले धेरै दुख बनाइरहेको छ भने त्यो कुरालाई बारम्बार नसम्झिनुहोस् ।

दुई पटक सम्झिनुहोस् तर तेश्रो पटक देखि नसम्झनुहोस् । त्योबाट केहि सिक्नुस् र अगाडिको बारेमा सोच्नुहोस् । जसले अरुको अगाडि रुन्छ उसलाई अरु मानिसले झनै खिस्याउन थाल्दछन् । त्यसैले बितिसकेका कुरामा ध्यान नदिनुहोस् ।

५ जुन कुरा आवश्यक छैन त्यसमा फोकस नगर्नुहोस्

सारा विश्वमा हामी जुन कुरामा ध्यान केन्द्रित गर्दछौँ उक्त चिज आश्चर्यजनक रुपमा वृद्धि हुन्छ । त्यसैले आवश्यक कुरामा मात्र फोकस गनुहोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस