विद्यालय सञ्‍चालन समय परिवर्तन भएको छैन : मन्त्रालय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय सञ्‍चालन समय परिवर्तन नगरिएको स्पष्ट पारेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ आर्थिक वर्षदेखि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहे पनि समय परिवर्तनको विषयमा कुनै निर्णय नभएको बताए ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्‍ने विषयमा प्रधानमन्त्री कार्यालयले अध्ययन गरिरहेको छ । यस्तै प्रधानमन्त्री कार्यालयले नै आगामी शैक्षिक सत्रदेखि कसरी अगाडि बढ्ने भन्ने विषयमा अध्ययन गर्न पनि एउटा समिति बनाएको छ । त्यो समितिले प्रतिवेदन दिइसकेको छैन । समितिले प्रतिवेदन दिएपछि के गर्ने भन्‍ने विषयमा बल्ल निर्णय हुने बताइएको छ । अर्को शैक्षिक सत्रमा कसरी जाने भन्‍ने विषयमा छलफल मात्रै भएको उनले बताए । प्रधानमन्त्री कार्यालयले बनाएको समितिले अध्ययन प्रतिवेदन दिएपछि मात्रै के गर्ने भन्ने निर्णय हुने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस