चैत्र ३, काठमाडौं । ग्राण्डी अस्पतालमा भर्ना गरिएका दुवै शंकास्पद विरामीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ । झापाबाट कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं ल्याइएका विरामी र अर्का काठमाडौंमै रहेका विरामीमा कोरोना भाइरस नभएको पुष्टि ग्राण्डीका बरिष्ठ चिकित्सक डा। चक्रराज पाण्डेले गरे ।
विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशंकामा रिफर गरि काठमाडौं पठाइएको थियो। कोरोनाको
आशंकामा उनको थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।