चैत्र ४, काठमाडौं । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि कञ्चनपुरको महेन्द्रनगरदेखि भारतको नयाँदिल्ली र देहरादुन बस सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दुई देशका अधिकारीको सहमतिमा भारतबाट नेपाल र नेपालबाट भारततर्फ चल्दै आएको मैत्री बस सेवा सोमबारबाट अनिश्चितकालका लागि बन्द गरिएको हो ।