कोरोना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या १० हजारभन्दा बढी, चीनमा भन्दा इटलीमा भयावह !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ७, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र ७, काठमाण्डौ । कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ । एक सय ७९ देश र एउटा पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १० हजार ३० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

झण्डै दुई लाख ४५ हजार जना सङ्क्रमित भएकोमा ८७ हजार चार सय सात जना उपचारपछि निको भएका छन् भने बाँकीको उपचार भइरहेको छ । कोरोनाको सङ्क्रमण सुरु भएको चीनमा भन्दा इटलीमा ज्यान गुमाउनेको सङ्ख्या धेरै पुगेको छ । चीनमा तीन हजार दुई सय ४५ जनाको ज्यान गएको छ भने इटलीमा तीन हजार चार सय पाँच जनाले ज्यान गुमाएका छन् ।

इटलीमा पछिल्लो २४ घण्टामा चार सय २७ जनाले ज्यान गुमाएका छन भने पाँच हजार तीन सय २२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ४१ हजार ३५ जना सङ्क्रमित भएको इटलीमा चार हजार चार सय ४० जना उपचारपछि निको भएका छन् । इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, बेलायत लगायतका देशमा नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या उच्च रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस