चैत्र १०,काठमाडौँ । विश्वभर कोरोना भाइरस कोभिड १९ को प्रकोप बाट आक्रान्त भइरहेका बेला नेपालमा पनि सतर्कताका लागि नेपाल सरकार लगायत विभिन्न संघ संस्था,समाज आदिले विभिन्न कार्यक्रमहरु गरिरहेका छन। यसै सन्दर्भमा कलंकी १४ पश्चिम् हाइट स्थित श्री क्षेत्रपाल भैरवनाथ सेवा समाजले आफ्नो क्षेत्र भित्र पर्ने मुलबाटो, शाखा बाटो तथा घर वरपर सरसफाइका साथै किटनाशक औषधि प्रयोग गरी सरसफाइ अभियानलाई तिब्रता दिएको छ ।
सरसफाइ कार्यक्रममा समाजका झण्डै ३० जना युवा हरुको सहभागिता थियो ।अनलाइन केन्द्रसंग कुराकानी गर्दै समाजका अध्यक्ष कृष्ण खत्रीले सरसफाइका साथै विभिन्न सामाजिक काममा समाजले काम गरिरहेको बताए । त्यसैगरी समाजका पुर्व कोषाध्यक्ष मकुन्द न्यौपानेले विभिन्न रोगबाट बच्न यस्तो अभियान फलदायी हुने र जनचेतनाका लागि यस्तो कार्यक्रम आवश्यक भएको बताए ।
साथै समाजले विभिन्न सरसफाइका कार्यक्रमहरु ल्याउदा खुसी लागेको गुठियार सदस्य ठाकुर प्रसाद रिजालले बताए । कार्यक्रमका लागि समाजका सदस्यहरुको आर्थिक सहयोग रहेको थियोे ।