धादिङको गोगनपानीका १६ युवा क्वारेन्टाईनमा !

Post Thumbnail

चैत्र १२,धादिङ । रोजगारीको क्रममा भारतबाट आएका धादिङको गोगनपानीका १६ युवाहरुलाई गल्छि गाउँपालिका ६ बैरेनीमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको छ । १६ जना युवा मध्ये एक जनालाई ज्वरो आएपछि सबै जनालाई क्वारेन्टाईनमा राखिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद ज्ञवालीले नागरिकपाटीलाई बताए । उनिहरुलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखेर स्वास्थ्य परिक्षण गरिने छ ।

क्वारेन्टाईनमा राखिएका युवाहरुलाई खानाको व्यवस्था गाउँपालिकाले गर्ने गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बताए । यस अघि सम्भावित जोखिमलाई मुल्याँकन गरि बागेश्वरी माध्यमिक विद्यालयमा २५ शैयाको क्वारेन्टाईन कक्ष निर्माण गरिएको थियो । उनिहरुलाई सोही कक्षमा राखिएको जनाईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस