नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरियो

Post Thumbnail

चैत्र १३,काठमाडौँ। काठमाडौँ प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ । चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले आज नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक औषधि छर्किएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा कीटनाशक औषधि छर्किएको जानकारी दिए । “कीटनाशक औषधि छर्किएसँगै मुख्य राजमार्गमा हुने किटाणु उड्न पाउँदैनन्”, उनले भने।

नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै आज बिहानैदेखि नगरपालिकाभित्र माइकिङ गरिएको उनले जानकारी दिए । चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनको कार्यलाई समेत अगाडि बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस