चैत्र १४,काठमाडौँ । बागमती प्रदेशमा अहिलेसम्म करिब १५ सय क्वारेन्टाइन निर्माण भएको बागमती प्रदेशका आन्तरिक मामला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले अनलाईनकेन्द्रलाई बताएका छन । जम्मकट्टेलले विभिन्न स्थानिय तहमा क्वारेन्टाईन बनेको तर शंका लागेका बिरामी क्वारेन्टाइनमा बस्न नमानेको बताए ।
उनले भने–’प्रदेश र स्थानिय तहको सहकार्यमा कोरोना संक्रमितको आशंकामा राखिएका नागरिक बस्न मान्दैनन् । उल्टै स्वास्थ्यकर्मीसमेत डराएर भाग्ने गरेका कुराहरु आएका छन । हामीले यसबारे दैनिक रिपोर्ट लिने र प्रदेश स्तरबाट निर्देशन दिने काम गरिरहेका छौँ ।’ मन्त्री जम्मकट्टेलले यतिबेला सरकारले घोषणा गरेको लकडाउनलाई पुर्ण पालना गर्नु नागरिकको दायित्व भएको बताए ।
आशंका गरिएका बिरामी पनि यतिबेला सरकारको निर्देशनलाई बाध्यता नसम्झी स्वयम आफु र आफ्नो परिवार सम्झेर सुरक्षित क्वारेन्टाइनमा बस्नुपर्ने बताए । महामारीको बेला सरकारले हदैसम्मको सजगता अपनाएको मन्त्री जम्मकट्टेलको दावी थियो ।