शनिबार ७३ जनाको कोरोना परिक्षण

Post Thumbnail

चैत्र १५,काठमाडौँ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा शनिबार ७३ जनाको कोरोना परिक्षण भएको छ । जसमा एकजनाको नतिजा पोजेटिभ आएको छ । यो संगै नेपालमा कोरोना संक्रमित ५ जना पुगेको छ ।

प्रयोगशालामा हिजो ४४ जनाको कोरोना परिक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार चिकित्सकलाई शंका लागेको खण्डमा प्रयोगशालामा बिरामीको स्वाब परिक्षणको लागि पठाइन्छ र त्यही अनुसारले अहिले दैनिक रुपमा बिरामीको कोरोना परिक्षण भइरहेको छ ।

शनिबारसम्ममा ८ सय ७५ जनाको कोरोना परिक्षण गरिएको छ । जसमा ८ सय ७० जनाको नतिजा नेगेटिभ आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस