राप्ती स्वास्थ्य प्रतिष्ठानको आइसोलेशनमा राखिएका पाँचैँ जनाको रिपोर्ट ‘नेगेटिभ’

Post Thumbnail

चैत्र १७, दाङ । कोरोना सङ्क्रमणको आशङ्कामा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा भर्ना गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । एक हप्ताअघि कोरोना सङ्क्रमणको आशङ्कामा प्रतिष्ठानको आइसोलेशनमा भर्ना गरिएका तीन जनाको परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको प्रतिष्ठानका कायममुकाय रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए ।
आइतबार ‘नेगेटिभ’ रिपोर्ट आएका ३ जनालाई घरमै १४ दिन सेल्फ–क्वरेण्टीनमा बस्नेगरी डिस्चार्ज गरिएको देवले बतए । आइतबार बिहान प्रतिष्ठानले विज्ञप्ति निकालेर आइसोलेशनमा भर्ना गरिएका पाँचैँ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको जानकारी दिएको हो । यसअघि शुक्रबार प्रतिष्ठानको क्वरेण्टीनमा रहेका २ जनाको रिपोर्ट पनि ‘नेगेटिभ’ आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस